काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको छ ।
नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यका अनुसार वर्षाका कारण बन्दसत्रको समय सारिएको हो । उहाँका अनुसार बन्दसत्र अपराह्न ४ बजे सुरु हुनेछ ।
यसअघि बन्दसत्र बिहान साढे १० बजे सुरु गर्ने कार्यतालिका थियो । तर वर्षाका कारण पटक–पटक प्रभावित भएपछि अपराह्न ४ बजेका लागि सारिएको हो ।
बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका चारवटा प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।