बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको नामावली सार्वजनिक

मंगलबार, असोज २० २०८३

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मतदाताको प्रथम नामावली सार्वजनिक गरेको छ।

कांग्रेसले आफ्नो आधिकारिक वेबसाइटमार्फत निर्वाचन प्रयोजनका लागि प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंमा सुरु भएको छ।

सार्वजनिक गरिएको प्रथम नामावलीमा ७ हजार ११४ जना प्रतिनिधि समावेश छन्।

कांग्रेसका अनुसार नामावलीमा छुट भएका प्रतिनिधिहरूको नाम अन्तिम मतदाता नामावली प्रकाशन गर्दा समावेश गरिनेछ।

महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन कांग्रेसले पहिलो चरणमा प्रतिनिधि तथा मतदाताको नामावली सार्वजनिक गरेको हो।