बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज

सोमबार, असोज १९ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्ने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक आज बस्न लागेको हो ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुलामञ्चमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ ।

बैठकमा महाधिवेशनको बन्दसत्रमा पेश गरिने विधान संशोधनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक अवस्था तथा पार्टीको आगामी रणनीति समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बन्दसत्रमा महामन्त्रीबाट विधान संशोधनसम्बन्धी प्रस्तावसमेत पेश हुने कार्यक्रम रहेको छ ।