काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने कार्यक्रम छ।
महाधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्। ओलीनिकट स्रोतका अनुसार आज दिउँसो १ बजे एमाले संसदीय दलको बैठक बस्ने भएकाले उनी कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका हुन्।
‘अध्यक्ष आज महाधिवेशनमा जानुहुन्न। दिउँसो १ बजे पार्टीको संसदीय दलको बैठक बस्दैछ। उहाँ त्यही बैठकमा सहभागी हुनुहुन्छ,’ स्रोतले जनाएको छ।
ओलीको सट्टा कांग्रेस महाधिवेशनमा एमालेबाट कसलाई पठाउने भन्नेबारे भने अहिलेसम्म निर्णय नभएको स्रोतले जनाएको छ।