बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशनका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङ व्यवस्था

आइतबार, असोज १८ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ आएका प्रतिनिधिका सवारीसाधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

महाधिवेशनमा सहभागी हुन खुलामञ्च आउने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा पार्किङस्थल तोकिएको कांग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले जानकारी दिए।

उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडक, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि थप सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले बताए ।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरका साथै जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।