काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । ती क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार तराईका भूभागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ ।