बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोटबारे छलफल

शनिबार, असोज १७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने रास्वपाले जनाएको छ ।

त्यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौँ’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टीको संगठनात्मक गतिविधि तथा आगामी निर्वाचनसँग सम्बन्धित अन्य विषयमा समेत छलफल हुने रास्वपाले जनाएको छ ।