बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य गर्न सरकारको सिफारिस

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

सङ्घीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । अधिवेशनका क्रममा प्रतिनिधिसभामा दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन् ।