बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय, होटल खर्च स्वयंले व्यहोर्नुपर्ने

बुधबार, असोज १४ २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि सुरु हुँदैछ। यसपटक अघिल्लो महाधिवेशनको तुलनामा करिब २ हजार बढी प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। यसपटक भने करिब ७ हजार प्रतिनिधि सहभागी हुने समितिको अनुमान छ।

१४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था थियो। यसपटक विधान संशोधन गरी प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिका लागि आवश्यक होटलको बुकिङ पार्टीले गर्नेछ। तर होटलमा बस्दा लाग्ने खर्च भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।