बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दुर्गा प्रसाईं पक्राउ

सोमबार, असोज १२ २०८३

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नुको कारणबारे भने प्रहरीले तत्काल केही खुलाएको छैन।

प्रसाईं यसअघि पनि विभिन्न घटनामा पक्राउ पर्दै र रिहा हुँदै आएका छन्। पछिल्लो पटक पक्राउ पर्नुको कारण र उनीमाथि लगाइएको आरोपबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।