बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो

सोमबार, असोज १२ २०८३

ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरो जाँदा साढे दुईतले घर ढलेको छ। सोमबार बिहान पहिरोका कारण घर ढले पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा निर्माण गरिएको घर पहिरोको चपेटामा परेको हो। घर जोखिममा रहेको पहिचान गरी प्रहरी र स्थानीय प्रशासनले आइतबार नै घर खाली गराएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

 घरमा भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ। उपत्यकामा केही दिनदेखि जारी अविरल वर्षाका कारण ढल, खोला किनार तथा भिरालो जमिन आसपासका बस्तीहरू जोखिममा परेका छन्।