बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चार संसदीय समितिको बैठक बस्दै, राजदूतको सुनुवाइदेखि विधेयकमाथि छलफलसम्म

बिहिबार, असोज ८ २०८३

काठमाडौं । सङ्घीय संसद्का चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल हुने कार्यसूची छ।

बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गर्नुका साथै संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने भएको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा’ माथि छलफल हुने कार्यसूची रहेको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने कार्यसूची छ।

समितिहरूका बैठकमा सम्बन्धित विधेयक, मस्यौदा तथा संवैधानिक जिम्मेवारीसँग जोडिएका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।