बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जुफाल विमानस्थलमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ यात्रु सकुशल

बिहिबार, असोज ८ २०८३

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ। नेपालगञ्जबाट १३ जना यात्रु लिएर गएको जहाज बुधबार बिहान अवतरण गर्ने क्रममा पछाडितर्फ दायाँपट्टिको पांग्रा खुस्किएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको थियो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजको पांग्रामा सामान्य समस्या देखिएको र जहाजमा सवार सबै यात्रु सकुशल रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार जहाज अहिले धावनमार्गमै रहेको छ। जहाजको प्राविधिक टोलीले आवश्यक जाँच तथा मर्मतको काम गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल राज गिरीका अनुसार अवतरणका क्रममा जहाजको पछाडितर्फको एउटा पांग्रा खुस्किएको हो। जहाजमा सात जना विदेशी र छ जना नेपाली गरी १३ जना यात्रु सवार थिए।

सवार यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको डीएसपी गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार जहाजमा रहेका सबै यात्रु सकुशल छन्।