काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए । साथै, जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को आवृत्ति र तीव्रता बढ्दै गएको विषयमा समेत छलफल भएको थियो ।
नेपाल र भुटान दुवै पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए ।