शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल फर्किए देउवा

बिहिबार, साउन २८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएका छन्।

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा कुटपिटबाट घाइते भएका देउवा उपचारका लागि श्रीमती आरजु राणासँगै सिंगापुर गएका थिए। उनीहरूको सिंगापुरमा थप उपचार गरिएको थियो।

उपचारपछि नेपाल फर्किएका देउवा पछिल्लो समय थाइल्यान्डमा रहेका थिए। उनी बिहीबार थाइल्यान्डबाट नेपाल आएका हुन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएपछि देउवाले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका थिए।