बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ढिस्कोले पुरिँदा १३ वर्षीय किशोरको मृत्यु

आइतबार, साउन १० २०८३

दाङ । दाङको राजपुर गाउँपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १३ वर्षीय किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरी रहेका छन्।

शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका बेला अचानक ढिस्को खस्दा उनी पुरिएको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।