काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला रु १,९०० र चाँदी रु ४० ले बढेको हो।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार निर्धारण गरिएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार २४० कायम गरिएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८२ हजार १०० र चाँदी रु ४ हजार २०० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहँदा यसको प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४ हजार ३१ अमेरिकी डलर र चाँदी ५६ अमेरिकी डलर मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा परेको व्यवसायीहरूले बताएका छन्।