काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ५९ अमेरिकी डलर तथा चाँदी ५७ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।