मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

६ लाख घुस लिँदै गरेका इलामका इन्जिनियर पक्राउ

बिहिबार, असार ३२ २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

आयोगका अनुसार इन्जिनियर (छैटौं) खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।

त्यसक्रममा अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट मंगलबार नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।