काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।