बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

आइतबार, असार २८ २०८३

 काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार १४५ अमेरिकी डलर तथा चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।