बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज सुन र चाँदी दुवै सस्तियो

मंगलबार, असार २३ २०८३

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।