बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुनचाँदीको मूल्यमा फेरि उछाल, कति पुग्याे आज ?

शुक्रबार, असार १९ २०८३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार दोस्रो दिन पनि उकालो लागेको छ। आज सुनको मूल्य प्रतितोला सात हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७९ अमेरिकी डलर तथा चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।