सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्राविधिक समस्याका कारण प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

बिहिबार, असार १८ २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारण प्राविधिक समस्याका कारण अवरुद्ध भएको छ।

संघीय संसद सचिवालयका अनुसार इन्टरनेट सेवा प्रभावित भएपछि बैठकको लाइभ प्रसारण रोकिएको हो। सचिवालयका प्रवक्ता एकराम गिरीले प्राविधिक मर्मत कार्य जारी रहेकाले प्रत्यक्ष प्रसारण चाँडै पुनः सञ्चालन हुने जानकारी दिएका छन्।

प्रतिनिधि सभा बैठक बिहान ११ बजेदेखि जारी छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची पनि रहेको छ।