कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट भण्डारीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
उक्त फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।