काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तरकारी, फलफूल, मसला तथा माछालगायत दैनिक उपभोग्य वस्तुको मूल्य निर्धारण गरेको हो।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो स्थानीय गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३० रुपैयाँ कायम गरिएको छ। रातो आलु ३० देखि ४१ रुपैयाँ प्रतिकिलो, सेतो आलु ३० रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय गाजर १०० रुपैयाँ, स्थानीय बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै, बोडी ३५ देखि ५० रुपैयाँ, मटरकोसा १४० रुपैयाँ, करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, इस्कुस ५० रुपैयाँ तथा सखरखण्ड १२० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सागसब्जीमध्ये रायो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउतर्फ कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ प्रतिकिलो, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, जुनार २३० रुपैयाँ, नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा १८० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो तथा बुलेट खुर्सानी ३०–३० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ तथा चाइनिज लसुन २०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
माछातर्फ ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी २५० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।