बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

वरिष्ठ नेता बालेन शाह सहभागी भएनन्

बुधबार, असार १७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

शपथ समारोहमा पार्टीका वरिष्ठ नेता बालेन शाह सहभागी भएनन्।

रास्वपाको पहिलो महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति रवि लामिछानेले भने महाधिवेशनस्थल चितवनमै पद तथा गोपनीयताको शपथ लिएका थिए।

शपथग्रहण कार्यक्रम सम्पन्न भएपछि आजै पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ।