बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सुनचाँदीको मूल्य घट्यो

मंगलबार, असार ९ २०८३

काठमाडौँ  । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १४० रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम रहेको थियो।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च तहमा कायम रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ११९ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ।

विश्व बजारको मूल्य उतारचढाव, अमेरिकी डलरको अवस्था तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिको प्रभाव स्थानीय बजारमा पनि देखिने भएकाले आगामी दिनमा सुनचाँदीको मूल्यमा थप परिवर्तन हुन सक्ने व्यवसायीहरूको भनाइ छ।