काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु १,४०० ले वृद्धि भएको छ भने चाँदी पनि रु ४० ले बढेको छ।
आजका लागि सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार ७ सय निर्धारण गरिएको छ। यस्तै, चाँदी प्रतितोला रु ४ हजार ७ सय ३० मा कारोबार भइरहेको छ।
हिजो आइतबार सुन प्रतितोला रु २ लाख ८७ हजार ३ सयमा कारोबार भएको थियो भने चाँदी रु ४ हजार ६ सय ९० मा किनबेच भएको थियो। त्यसअघि शुक्रबार सुन प्रतितोला रु २ लाख ८६ हजार ७ सय र चाँदी रु ४ हजार ६ सय ४० मा कारोबार भएको थियो।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस करिब अमेरिकी डलर ४ हजार १८८ आसपासमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा देखिएको हो।