बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सुन र चाँदीको मूल्यमा वृद्धि

आइतबार, असार ७ २०८३

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि ५० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार यो मूल्य बढेर २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बजारमा पछिल्लो समय सुन तथा चाँदीको मूल्य क्रमशः उकालो लाग्दै गएको देखिएको छ।