बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु एक हजार र चाँदी रु ३३५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घकाअनुसार आज एक तोला सुनको मोल रु तीन लाख आठ हजार  कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार हजार ८९५ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला सुन रु तीन लाख नौ हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २३० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।