बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबारका लागि बोलाएको छ।

समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिअनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बस्नेछ। बैठकमा सहभागी हुन समितिका सबै सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा पार्टीभित्रको अनुशासन सम्बन्धी विषय, समितिमा प्राप्त उजुरीहरूको अध्ययन तथा आवश्यक निर्णयका साथै आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

कांग्रेसले संगठनभित्र अनुशासन कायम राख्ने तथा आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नियमित रूपमा अनुशासन समितिको बैठक आयोजना गर्दै आएको छ।