बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सुनको मूल्य घट्यो, चाँदी भने सामान्य बढ्यो

सोमबार, जेष्ठ १८ २०८३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा भने हल्का वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सोही सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ६६ हजार ५४५ रुपैयाँ कायम गरिएको छ ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ तोकिएको छ ।