बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कांग्रेस संसदीय दलको बैठक आज

बिहिबार, जेष्ठ १४ २०८३

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत हुनुअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

नेपाली कांग्रेसका अनुसार बैठक आज बिहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा बजेट अधिवेशनका क्रममा पार्टीले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने बताइएको छ । साथै सरकारको नीति, आगामी बजेट तथा संसदमा अपनाइने रणनीतिबारे पनि धारणा आदानप्रदान हुने जनाइएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।