शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुन तोलामा ४ हजार ५०० ले घट्यो

आइतबार, जेष्ठ ३ २०८३

काठमाडौं  । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा रु ४ हजार ५०० र चाँदी तोलामा रु ३३० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९४ हजार कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला रु ५ हजार ६० मा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ९८ हजार ५०० मा र चाँदी रु ५ हजार ३९० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ५४० अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।