बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईएमबीका सिईओ पाण्डे पक्राउ प्रकरण

पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

शुक्रबार, जेष्ठ १ २०८३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो । साथै सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।