काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ तथा चाँदी प्रतितोला पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ९०० रुपैयाँ र चाँदी पाँच हजार ६९५ रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार ७०० अमेरिकी डलर तथा चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।