काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन ३९ दशमलव ४४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार चार दशमलव १५ अंकले घटेर २७ सय ४० दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७० अंकले घटेर चार सय ६७ दशमलव ५५ अंकमा पुगेको छ । तीन सय ३९ वटा कम्पनीहरुको ४२ हजार एक सय ७६ पटकको कारोबारमा ५६ लाख ४३ हजार दुई सय ८८ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार तीन सय ६१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र व्यापार समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ५७ अंकले घटेर १४ सय ४३ दशमलव ९८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि चार दशमलव ८२ अंकले घटेर तीन हजार आठ सय २८ दशमलव २१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव १२ अंकले घटेर १२ हजार चार सय २१ दशमलव ७६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ६६ दशमलव ५० अंकले घटेर १० हजार सात सय ६० दशमलव ३१ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज एशियन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने धौलागिरी लघुवित्त वित्तीय सस्थाले सबैभन्दा बढी गुमाएको छ । एसवाई प्यानल नेपाल लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।