काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने जानकारी पार्टीका प्रवक्ता मनिष झाले दिएका छन्।
उनका अनुसार बैठकमा पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन तथा संघीय संसद्को चालु बजेट अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो।
रास्वपाले हालसम्म महाधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्रै महाधिवेशन सम्पन्न गर्ने तयारीमा रहेको बताइएको छ।