शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनको मूल्य घट्यो, चाँदीको मूल्य सामान्य बढ्यो

आइतबार, बैशाख २७ २०८३

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १ हजारले घटेर रु २ लाख ९८ हजार ९०० कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने प्रतितोला रु २५ ले बढेर रु ५ हजार ३०० पुगेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ९९ हजार ९०० र चाँदी रु ५ हजार २७५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।