काठमाडौं । नियमित गस्तीमा खटिएको प्रहरीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन्।
यसैगरी, तनहुँको व्यास नगरपालिका–२ उत्तरशीलाबाट २९ वर्षीय पूर्णबहादुर थापा पनि लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले उनको घरमा गरेको खानतलासीका क्रममा करिब एक किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई बुधबार नै पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।