बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बजेट निर्माणबारे अर्थमन्त्री वाग्लेसँग सांसदहरूको छलफल, दुर्गम क्षेत्र प्राथमिकतामा राख्ने जोड

बुधबार, बैशाख २३ २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन् ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट आएका योजनाहरू आवश्यक अध्ययन गरेर मात्रै बजेटमा समावेश गरिने बताए ।

उनले सरकारले अघि सारेका नीति तथा ‘वाचापत्र’मा उल्लेख गरिएका प्रतिबद्धताहरूलाई समेत आधार बनाएर बजेट तयार गरिने उल्लेख गरे । साथै, आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट समग्र नेपाल केन्द्रित हुने उनले स्पष्ट पारे।

उनका अनुसार बजेट निर्माण प्रक्रियालाई बढी व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयस्तरबाटै योजना छनोट र प्राथमिकता निर्धारण गर्ने प्रणालीलाई बलियो बनाइँदैछ ।

उनले भने, ‘आज बजेट सम्बन्धि सांसदहरुसँग छलफल थियो । योजनाहरु सम्बन्धित मन्त्रालयबाटै एक्ससाइज भएर आउछ । वाचापत्रमा जे जे लेखिएको थियो त्यसैलाई प्रतिविम्वित गर्ने गरेर आउछ । अरु जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेछ आउछ ।’