काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको जारी निर्वाचनअन्तर्गत एसोसियट सदस्यतर्फको मतपरिणाम सार्वजनिक भएको छ। कडा प्रतिस्पर्धाबीच सचिन ढकालले १३१८ मतसहित पहिलो स्थान हासिल गरेका छन्।
ढकालका निकटतम प्रतिस्पर्धी हेमन्त गोल्छाले १२०२ मत प्राप्त गरेका छन्। कुल १७ सदस्य निर्वाचित हुने यस समूहमा ढकालले प्राप्त गरेको मत अन्य उम्मेदवारको तुलनामा उल्लेख्य रूपमा बढी देखिएको छ।
निर्वाचित उम्मेदवारहरू (मतसहित):
सचिन ढकाल (१३१८), हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३), उज्ज्वल कुमार श्रेष्ठ (११५६), शक्ति कुमार वेगानी (११४२), ऋषि अग्रवाल (११२२), सुशिल थापा (१०९४), राजेश कुमार अग्रवाल (१०८२), सुयस प्याकुरेल (१०६९), रामशरण भण्डारी (१०४३), बाबु काजी कार्की (१००६), दिवश न्यौपाने (९९१), कृष्णलाल महर्जन (९७४), प्रियराज रेग्मी (९५४), इश्वरबहादुर जी.सी. (९४९), सुरज उप्रेती (९०७) र बटु लामिछाने (८६०)।
ढकालको जितले एसोसियट सदस्य (ठूला कर्पोरेट हाउस र उद्योगी) माझ उनको प्रभाव र लोकप्रियता झल्किएको विश्लेषण गरिएको छ। निर्वाचनअघि नै उनले आफ्ना प्यानलका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेलेका थिए।
अब सबैको ध्यान एसोसियट उपाध्यक्ष पदको मतपरिणामतर्फ केन्द्रित भएको छ, जहाँ प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठ प्रतिस्पर्धामा छन्।
यसअघि जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ निर्वाचित भइसकेका छन्।
सचिन ढकालको प्रभावशाली जितसँगै महासङ्घको आगामी कार्यसमितिमा उनको भूमिका महत्वपूर्ण हुने आँकलन गरिएको छ।