बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति

सोमबार, बैशाख २१ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलेहकप्रद सेयर निष्काशनको प्रकृया सुरु गर्न अनुमती दिएको छ । राष्ट्र बैंकले वैशाख १७ गतेको पत्र मार्फत बैंकलाई हाल कायम चुक्ता पुँजी ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।

बैंकको पुस २० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसंगै बैंकलाई हकप्रद निष्काशनको लागि बाटो खुलेको छ । अब बैंकले जेठ १८ गते बोलाएको साधारणसभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित गर्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले हकप्रद निष्काशन गर्ने तयारी बैंकले गरेको छ ।

बैंकको चुक्ता हाल चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । बैंकले २ः१ को अनुपातमा ५० प्रतिशतले हुन आउने सात अर्ब ४५ करोड ८७ लाखको हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । हकप्रद शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैंयाँ नाघ्ने छ ।