शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, यस्ता छन् एजेण्डा

सोमबार, बैशाख २१ २०८३

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो।

बैठकअघि बिहान ११ बजे सानेपामै बसेर एजेन्डा तय गरिने जानकारी महामन्त्री गुरुराज घिमिरेले दिएका छन्। उनका अनुसार बैठकमा पार्टीका आन्तरिक विषयका साथै समसामयिक राजनीतिक मुद्दामाथि पनि छलफल हुने तयारी छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन्।

यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।