काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन २५ दशमलव ८१ अंकले घटेको नेप्से आज बिहिबार पुन पाँच दशमलव ७३ अंकले घटेर २७ सय ३८ दशमलव ७२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य सात अंकले घटेर चार सय ६४ दशमलव ४३ अंकमा पुगेको छ । तीन सय ४६ वटा कम्पनीहरुको ८० हजार चार सय २७ पटकको कारोबारमा एक करोड नौ. लाख ८८ हजार सात सय ८३ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ९१ करोड ६६ लाख २६ हजार आठ सय ४८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३१ अंकले बढेर १४ सय ३४ दशमलव ३२ अंकमा पुग्दा उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने २८ दशमलव ९४ अंकले घटेर पाँच हजार नौं सय ५३ दशमलव ४९ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ८६ अंकले घटेर १२ हजार चार सय एक दशमलव २१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ९८ अंकले घटेर १० हजार सात सय ३० दशमलव ९८ अंकमा पुगेको छ भने फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज शिखर पावर डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।