बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानी वातावरण बिग्रियोः राजेन्द्र मल्ल

बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

 मल्लले मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भए पनि सरकारले व्यवसायीका समस्या सुन्नुको सट्टा नियन्त्रणमुखी व्यवहार देखाएको आरोप लगाए ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सन्दर्भमा बोल्दै उनले सरकारले ‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्ति अपनाउँदा लगानी र व्यवसायिक वातावरण गम्भीर रूपमा प्रभावित भएको बताए ।

उनले भने, “कुनै पनि उद्यमीले कानूनविपरीत काम गरेमा सजाय पाउनुपर्छ, तर अन्तर्राष्ट्रिय अभ्यासविपरीत व्यवसायीमाथि धरपकड र हतोत्साही गर्ने कार्य रोक्नुपर्छ।”

मल्लका अनुसार सरकारले दिने आश्वासन र व्यवहारबीच ठूलो भिन्नता छ। नीतिगत स्पष्टताको कमी र झन्झटिलो प्रक्रियाका कारण व्यवसायीहरू मर्कामा परेको उनको भनाइ छ।

उनले राज्यले नियन्त्रणमुखी सोच त्यागेर निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म मुलुकको समृद्धि सम्भव नहुने समेत स्पष्ट पारे।