बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

२६ अंकले घट्यो नेप्से, अन्य बाहेक सबै सुचक राताम्मै

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन सात दशमलव ७३ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार २६ दशमलव १६ अंकले घटेर २७ सय ७० दशमलव २६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले घटेर चार सय ६७ दशमलव ५७ अंकमा पुगेको छ । तीन सय ४९ वटा कम्पनीहरुको एक लाख ५१ हजार तीन सय ५४ पटकको कारोबारमा एक करोड ४० लाख १८ हजार नौं सय २० कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम छ अर्ब ५३ करोड १७ लाख २३ हजार दुई सय २६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य समुहको सुचक १४ दशमलव ७३ अंकले बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव २८ अंकले घटेर १४ सय ४४ दशमलव ४७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६९ दशमलव ७६ अंकले घटेर तीन हजार नौं सय २२ दशमलव ११ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २० दशमलव ९९ अंकले घटेर १२ हजार पाँच सय ३९ दशमलव ४८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव ३४ अंकले घटेर १० हजार आठ सय ५४ दशमलव ८६ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज हिमालयन बैंकको ऋणपत्र २०८६ ले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । पाल्पा सिमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।