काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । सोमबार सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर मानिएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५५ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य ५ हजार ४५ रुपैयाँ थियो ।
हाल १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ कायम गरिएको छ ।