काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन र चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा १ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन थप २ हजार २ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार ६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।